समृद्धि फाइनान्सले ९.४० लाख कित्ता सेयर लिलामीमा राख्ने

2022-04-05
समृद्धि फाइनान्सले ९.४० लाख कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर आगामी चैत २९ गतेदेखि लिलामीमा राख्न लागेको हो । 

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएकाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। संस्थापक समूहतर्फको सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहतर्फको सेयर खरिदका लागि १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिने सक्नेछन् । ।

लगानीकर्ताले बीओके क्यापिल नक्लास काठमाण्डौ, बैंक अफ काडमाण्डूका शाखा कार्यलयहरु, मेनरोड विराटनगर, भद्रपुर रोड विर्तामोड, आर्दशनगर विरगंज, स्टेशनरोड जनकुपर, मेनरोड हेटौडा, नारायणघाट, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, बाग्लङु, नयाँ सडक घोराहि, धम्बोजी, सर्खेत रोड नेपालगंज विरेन्द्नगर सुर्खेत रमेनरोड चौराहा धनगढी, समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय हेटौडा, शाखा कार्यालय पुतलिसडक, बुटवल, पोखरामा बोलपत्र पेश गर्नु पर्नेछ। 

बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति वैशाख ७ गते रहेको छ ।


Share this with your friends: