समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

2022-04-26
समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते(बुधवार)का दिन खोलिने भएको छ । 

कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर लिलामीमा राखेको थियो ।

उक्त सेयरकोको गोप्यशिलबन्दी बोलपत्र विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडको नक्सालमा रहेको कार्यालायमा बुधवार दिउँसो ३ः३० बजे खोलिने छ । 


Share this with your friends: