समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

2022-05-01
समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८ लाख ६७ हजार ३६६ कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद सेयर वैशाख १४ गते बाँडफाँड गरेको हो । 

संस्थापक समूहतर्फको सेयरको मूल्य प्रतिकित्ता १०१ रुपैयाँ र सर्वसाधारण समूहतर्फको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ कायम गरिएको थियो । 
कम्पनीले सर्वसाधारण समूहतर्फ ७३ हजार १ सय र संस्थापक समूहतर्फ ९४ हजार ४०० कित्ता सेयर बाँडफाँड गरिएको जनाएको छ । 

बाँडफाँडमा नपरेको सेयरबापतको रकम वैशाख २१ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: