सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बर्दियाको सानोश्रीमा शाखा विस्तार

2021-12-14
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बर्दियाको सानोश्रीमा शाखा विस्तार

काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा शाखा सञ्चालनमा ल्याएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६ सानोश्रीमा शाखा विस्तार गरेको हो। योसँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ।

सानोश्री शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएकोसमेत जनाएको छ। 


Share this with your friends: