साना किसान विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-11-25
साना किसान विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ ुसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१६ प्रतिशत नगद लाभांस गरी कुल २६.३१६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल २६.३१६ प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ३१ करोड २८ लाख ८२ हजार ७४५ रुपैयाँ बराबरको बोनस सेयर र १.३१६ प्रतिशतले हुन आउने १ करोड ६४ लाख ६७ हजार ५१२ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।  


Share this with your friends: