सानिमा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-01
सानिमा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक  २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि भोलि सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ।

बैंकले चुक्तापुँजीको करसहित कुल १३.६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.६० प्रतिशत रहेको छ। बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ रहेको छ। 

 


Share this with your friends: