सानिमा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-11-02
सानिमा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि आज(सोमबार) बैंकको सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सानिमा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको सेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ। 

बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३५२ रुपैयाँमा भएको थियो। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँको कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ३.६० प्रतिशतले हुने आउने नगद लाभांश रहेको छ। 

यहि कात्तिक २८ गते बैंकले साधारण सभा आयोजना गर्दैछ। काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुने वार्षिक साधारणसभाले प्रस्तावित लाभांस पारित गर्नेछ। बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि आज सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: