सानिमा बैंकको ऋणपत्र निष्कासन आजदेखि

2020-12-16
सानिमा बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज(पुस १ गते)बाट ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजबाट ४ अर्ब रुपैयाँ बराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रको निष्कासन गरेको हो। 

बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिने बैंकले जनाएको छ। सार्वजनिक निष्कासन गरिने १६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ र यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८।५ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा पाउनेछन् ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। लगानीकर्ताले एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालय, सानिमा बैंकको प्रधान कार्यालय तथा सम्पूर्ण शाखाहरुमा ऋणपत्र खरिदका लागि दरखास्त दिन सक्नेछन्। यसैगरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम १६ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

ऋणपत्रको निष्कासन छिटोमा पुस ५ गते र ढिलामा पुस १५ बैंकिङ समयपछि बन्द हुनेछ।

 


Share this with your friends: