सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

2022-02-27
सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ। 

सानिमा बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती कमली पन्त ओझलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु। १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ। बीमाको रकम कमली पन्त ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरे। 

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु। १० लाखको दुर्घटना बीमा, रु। ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु। ५० हजारसम्मको औषधोपचार बीमा, रु। १० हजारबराबरको ओपीडी सेवा र रु। ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा रहेका छन्। 


Share this with your friends: