सानिमा बैंकद्वारा सिराहाको मिर्चैयामा शाखा विस्तार

2022-03-23
सानिमा बैंकद्वारा सिराहाको मिर्चैयामा शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज चैत ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे। 

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा छन्। 


Share this with your friends: