सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दति खाता’

2022-04-19
सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दति खाता’

काठमाण्डौ । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम रु। ५ लाखको मुद्दति खोल्न सक्नेछन्। ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दति निक्षेप रकम परिपक्वतापश्चात दोब्बर भई भुक्तानी गरिनेछ। प्रतिफलमा लाग्ने कर रकम ग्राहक स्वयंले व्यहोर्नुपर्नेछ। 

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन्। ग्राहकले रु। २ लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन्। यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दति खाताहरुसमेत खोल्न सक्नेछन्।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम सञ्चालनमा रहेका छन्। 


Share this with your friends: