सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

2021-12-12
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको बलवा नगरपालिकास्थित पडौलमा गत मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरुसमेत उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२  लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 


Share this with your friends: