सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवाको सुरुआत

2022-02-06
सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवाको सुरुआत

काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ।

कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ। हालका लागि यो सेवा ८ घन्टका लागि आरम्भ गरिएको बैंकले जनाएको छ। क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना बैंकको रहेको छ। 

देशभरि रहेका १३ लाखभन्दा बढी ग्राहकलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले नगदरहित बैंकिङ, व्यक्तिको उपस्थित बिनाको बैंकिङ, प्रणालीको स्वसञ्चालनतर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए। अबको बंैकिङ ग्राहकलाई सरल, सुलभ, सुरक्षित, सहज बनाउँदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकलाई पोखरेलले अनुरोध गरे। 

सिटिजन्स बैंकले डिजिटल बैंकिङमा अत्याधिक प्रयोग बढाउँदै लगेको छ। प्रविधिमैत्री र नयाँ पुस्ता ९ँष्लतभअज बलम ल्भहत न्भल(द्यबलपष्लन० बैंकिङमा सिटिजन्सले आगामी दिनमा अत्याधिक प्राथमिकतामा राखी सञ्चालन लागत घटाउन र ग्राहकमैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे। यसका उनले बैंकले आगामी दुई वर्षभित्रको डिजिटल बैंकिङसम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिए। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३  लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


Share this with your friends: