सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

2022-02-07
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा यही माघ २२ गतेबाट ९१ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

शाखारहित बैंकिङका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ। यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्नेछ भन्ने बैंकले आशा गरेको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३  लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


Share this with your friends: