सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

2020-11-26
सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । मूल्य समायोजन पश्चात बैंकको सेयरको मूल्य प्रतिकित्ता २३२ रुपैयाँ कायम भएको छ । बैंकको सेयरको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँ थियो । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३।१८ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८।६९ रुपैयाँबराबरको नगद लाभांश )लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैंकद्वारा प्रस्ताव गरिएको लाभांस मंसिर २० गते डाकिएको साधारण सभाबाट पारित गरिनेछ । बैंकले आज (मंसिर ११) गतेबाट बुक क्लोज गरेको छ।

 


Share this with your friends: