सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-03-01
सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत ९ गते सोमबारका दिन काभ्रेपलान्चोक बनेपा–६ मा रहेको आगन्तुक रिसोर्टमा भर्चुअल प्रविधिमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने  वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट/फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तथाव पारित गरिनेछ। 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसुचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २८ शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: