सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

2022-03-13
सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्घिचरण नगरपालिका–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका छन्। एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा  उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका–४ का अध्यक्ष रत्नबहादुर गुरुङ, श्री रुम्जाटार माविका प्रधानाध्यपक गोकर्णबहादुर बानिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्य र प्रदेश नं। १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो।  

अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग गर्न सक्नेछन्।

बैंकले हालसम्म करिब ७ लाख ग्राहकलाई ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। सिभिल बैंकले यी एक्सटेन्सन काउन्टरमध्ये ७ वटा नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको छ। 

बैंकले हालसम्म करिब रु। ८९ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु। ९० अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ। 


Share this with your friends: