सिभिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-01-29
सिभिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो फागुन ९ गते आइतबारका दिन काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आइतबारका दिन भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का लागि बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न स्वदेशी तथा विदेशी रणनितिक साझेदारीमा जान आवश्यक सम्झौता तथा सहमति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संसोधन गर्ने र नियामक निकायबाट यससम्बन्धि कुनै फेरबदल गर्न निर्देशन भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै अध्यक्षबाट प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आउँदो माघ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: