सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-02-21
सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

सिभिल बैंक लिमिटेडको दशौंैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फाल्गुन९गते) बैंकको वार्षिक साधारण सभा काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा  भर्चुयल माध्यमबाट सम्पन्न भएको हो। ।
 
 बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको थियो।  साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ८% का दरले हुनआउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपीचौसठ्ठी करोड दुई लाखएकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुनआउने रु.३,३६,९८,४८२.८४ (अक्षरेपीतिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।
 
साथै सभाले आ.व. २०७७÷०७८को लेखापरिक्षण गर्नको लागि“एन.बि.एस.एम.एण्ड एशोसियट्सलाई लेखापरिक्षकमापुनःनियुक्तगर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुन ेवा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदानगर्र्ने निर्णय गरेको छ ।
 
सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संसोधन गर्ने र नियामक निकायबाट यससम्बन्धि कुनै फेरबदल गर्न निर्देशन भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ। 
 
यस्तै अध्यक्षबाट प्रस्तुत गरिएको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभामा आ।व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि समेत छलफल गरी पारित गरिएको छ ।
 
बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
 
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

Share this with your friends: