सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-01-14
सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो माघ २३ गते शुक्रबार सेन्ट्रल फाईनान्स लिमिटेडको कर्पाेरेट कार्यालष् कुपन्डोल ललितपुरमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै बोनश सेयर पश्चात संस्थाको जारी तथा चुक्तापूँजी वृद्धि हुने हुँदा सो बमोजिम प्रबन्ध पत्रमा संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिनुका साथै आर्थिक वर्ष २०७७÷७८ लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।


Share this with your friends: