स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-02-21
स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको यहि फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो फागुन २९ गते शनिबारका दिन काठमाण्डौ कमलादीस्थिीत नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको १२.३९ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत गरी कुल १३.०४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धका लागि सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसुचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ को लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: