स्विस रि र एलियान्जद्वारा रुससँगको बीमा व्यवसाय बन्द

2022-03-15
स्विस रि र एलियान्जद्वारा रुससँगको बीमा व्यवसाय बन्द

काठमाडांै । विश्वका शीर्ष बीमा कम्पनी एलियान्ज र स्विस रिले रुससँगको बीमा व्यवसाय कटौति गरेका छन्। युरोपका बीमा कम्पनीहरुले रुससँगको सम्बन्धबिच्छेद गरेकै बेला विश्वका यी दुई शीर्ष बीमा कम्पनीहरुले यस्तो कदम चालेका हुन्। 

रुसले युक्रेनमा गरेको आक्रमणसँगै रुसबाट बाहिरिएका डच बैंक,गोल्डम्यान स्याक्स् र जेपी मोर्गर्नको समूहमा जर्मन बीमा कम्पनी एलियान्ज र स्विजरल्याण्डको पुनर्बीमा कम्पनी स्विस रि समेत सहभागी भएका हुन्। 

यसले अन्य बीमा कम्पनीहरुलाई समेत रुसबाट बाहिरिन दबाब सिर्जना गर्नेछ। 

एलियान्जले रुसमा नयाँ बीमा व्यवसाय गर्न बन्द गरेको र लगानी समेत रद्द गरेका जनाएको छ। यस्तै स्विस रिले समेत रुस तथा बेलारुसी ग्राहकहरुसँगको बीमा व्यवसाय बन्द गर्दै रुसी ग्राहकहरुसँगको व्यवसाय नविकरण नगर्ने निर्णय गरेको जनाएको छ। 

यो निर्णयलाई उर्जा जडान जस्ता ठूला परियोजनाहरुलाई सुरक्षण प्रदान गर्ने युरोपका अन्य मुख्य बीमक तथा पुनर्बीमकहरुले समेत पछ्याएका छन्। यसमा जुरिच,हानओभर,जेनेरेली,इन्स्योरेन्स ब्रोकर विल्स टावर वाट्सन र मार्स एण्ड एओन रहेका छन्।   

 


Share this with your friends: