हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

2020-08-09
हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.७५ प्रतिशत लाभांश पारित गर्ने छ। 

कम्पनीले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ। 

यसैबीच कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख १२ गतेदेखि वैशाख २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ११ गतेभित्र कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्। 
 


Share this with your friends: