हिमालयन डिष्टिलरीद्वारा १००% लाभांस प्रस्ताव, बोनस र नगद कति ?

2021-12-22
हिमालयन डिष्टिलरीद्वारा १००% लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजीको ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको बोनस सेयर र २५ प्रतिशतले हुन आउने २१ करोड ६९ लाख २५ हजार ५९३.७५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।    


Share this with your friends: