२५%भारतीय उपभोक्ता बीमा भुक्तानी बन्द गर्न चाहन्छन् : अध्ययन

2020-09-03
२५%भारतीय उपभोक्ता बीमा भुक्तानी बन्द गर्न चाहन्छन् : अध्ययन

काठमाण्डौ । विश्वव्यापी पूर्नबीमाकर्ता स्विस रिले गरेको एसिया प्रशान्त सर्वेक्षणका अनुसार भारतका करीब एक  चौथाई बढी पोलिसीहोल्डरहरु आफ्नो वित्तिय बोझ कम गर्न सम्पत्ति र जीवन बीमा प्रिमियम भुक्तानीलाई बलिदान दिन तयार छन्। यसका साथै सर्वेक्षणका अनुसार भारतीय उपभोक्ताहरु एसिया प्रशान्त क्षेत्रमा बीमाका लागि सबैभन्दा सक्रिय छन्। उनीहरु वित्तिय र मानसिक स्वास्थ्य चिन्ताका कारण बीमामा सक्रिय भएका हुन्। 

स्विस रिले कोरोना महामारी पश्चात यो संकटप्रति उपभोक्ताको प्रतिक्रिया जान्न सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा भारतका एक तिहाई उपभोक्ताहरु आफ्नो वित्तिय भविष्यलाई लिएर चिन्तीत छन्। यो संख्या एसिया प्रशान्त क्षेत्रमा जापान पछिको सबैभन्दा धेरै हो। यसका साथै करीब ६४ प्रतिशत भारतीय उपभोक्ताहरु आफ्नो मानसिक स्वास्थ्यलाई लिएर चिन्तीत छन्। यो संख्या सर्वेक्षण गरिएका सबै बजारभन्दा धेरै हो। 

सर्वेक्षणमा वित्तिय तनावका लागि धेरै जसो उपभोक्ताहरु २८ प्रतिशत घर वा मोटर बीमा बलिदान दिन तयार छन्। त्यस्तै एक तिहाई उपभोक्ता २५ प्रतिशत जीवन बीमा प्रिमियम कटौति गर्न तयार छन्। 

स्विस रिले वित्तिय तनावका बेला जीवन बीमा परित्याग गर्ने देशमा अष्ट्रेलिया पहिलो स्थानमा रहेको उल्लेख गरेको छ। चार मध्य एक अष्ट्रेलियन अर्थात २८ प्रतिशत उपभोक्ताले यदि कोरोनाका कारण आर्थिक रुपमा नोक्सान भयो भने आफ्नो जीवन बीमा प्रिमियम परित्याग गर्ने बताएका थिए। चीनमा पनि भारत जत्तिकै एक तिहाई उपभोक्ता वित्तिय तनावका कारण आफ्नो जीवन बीमा परित्याग गर्न तयार छन्। सर्वेक्षणका अनुसार चीनीया उपभोक्ता बीमामा सबैभन्दा सक्रिय छन्। दोस्रोमा भने भारतका उपभोक्ता छन्।  

 


Share this with your friends: