८१४५ जनाले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी, कागजपत्र पुरा भएका ९०९० जनाको भुक्तानी हुन बाँकी

2020-12-10
८१४५ जनाले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी, कागजपत्र पुरा भएका ९०९० जनाको भुक्तानी हुन बाँकी

काठमाण्डौ । कोरोना बीमा लेख जारी भएदेखि मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई दाबी भुक्तानी गरिएको छ। बीमा समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो। 

बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भई भुक्तानी गर्न बाँकी संख्या भने ९ हजार ९० रहेको छ।  यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएका मध्ये १ हजार १३६ फाइल कागजात नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। 

यसैगरी कागजपत्र पुरा भएको दाबी संख्या १७ हजार २३७, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएका फाइलको संख्या ४१४२ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाबाट भेरिफिकेसनका लागि आएको संख्या २ हजार ४९३ रहेको समितिले जनाएको छ। 

 


Share this with your friends: