‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन जेठ ९ देखि

2021-05-17
 ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन जेठ ९ देखि


काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी जेठ ०९ गतेदेखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।

बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत अर्थात ३० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) को सार्वजनिक निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ १२ गते र ढिलोमा जेठ २३ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 
बैंकलाई यो ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले गत वैशाख ९ गते अनुमति प्रदान गरेको थियो ।


Share this with your friends: