माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

2021-07-01
माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार १६ गते ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 

१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ८.५ प्रतिशत हुनेछ। 


Share this with your friends: