प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिने

2021-07-14
प्रुडेन्सियल इन्स्योरेन्सको  सेयर संरचना परिवर्तन गरिने

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ५१ः४९ अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो । 

अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत कायम रहने छ । 

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व ६०ः४० प्रतिशत कायम रहेकोमा कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट उक्त अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । उक्त प्रस्तावका विषयमा बीमा समिति समक्ष राय सुझावका लागि पेश गरिएकोमा समितिले संस्थापक समूहको ६० प्रतिशतबाट ५१ प्रतिशत कायम गर्न स्वीकृती प्रदान गरेको थियो । 

समितिको स्वीकृती अनुरुप अब कम्पनीले संस्थापक सेयर संरचना परिवर्तन गर्न लागेको हो । कम्पनीले यो अनुपातमा संस्थापक सेयर कायम गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहेमा सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी जानकारी उपलब्ध गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ । 

उक्त मितिभित्र सेयर परिवर्तन गर्ने÷नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम सर्वसाधारण समूहमा सेयर परिवर्तन गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: