रुस–युक्रेन युद्धका कारण एलआईसीको आईपीओ निष्कासनमा ढिलाई हुन सक्ने

2022-03-04
रुस–युक्रेन युद्धका कारण एलआईसीको आईपीओ निष्कासनमा ढिलाई हुन सक्ने

काठमाण्डौ । एलआईसी भारतले निष्कासन गर्न लागेको भारतको सबैभन्दा ठूलो आईपीओको मिति पर धकेलिन सक्ने भएको छ । विश्व अर्थतन्त्र नै अस्थिर पारेको रुस–युक्रेन युद्धका कारण एलआईसीको आईपीओको मिति परिवर्तन हुन सक्ने जनाइएको छ । ब्लुुमबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  

बजारको उतारचढाव कम भयो भने एलआईसीको आईपीओ आगामी अप्रिल महिनामा निष्कासन हुन सक्ने रिपार्टमा उल्लेख गरिएको छ । यसअघि यो आईपीओ मार्च महिनामा जारी गर्ने योजना रहेको थियो । 

रिपोर्टमा आईपीओ निष्कासनको मिति परिवर्तन गर्ने तयारी भईरहेको र यसको आधिकारीक घोषणा यसै साता वा आगामी साता हुन सक्ने जनाइएको छ । यसअघि भारतकी वित्तमन्त्रि निर्मला सीतारमणले पनि रुस–युक्रेन युद्धलाईमध्यनजर गर्दै एलआईसीको आईपीओ निष्कासनको मिति परिवर्तन हुन सक्ने संकेत दिएकि थिइन् । यद्यपी एलआईसीले यस मामिलामा कुनै पनि आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 

भारतको सबैभन्दा ठूलो बीमा कम्पनीका रुपमा रहेको एलआईसीले गत फेबु्रअरीमा सेयरबजार नियामक सेबी सामु आईपीओको मस्यौदा पेस गरेको थियो । कम्पनीले ५ प्रतिशत अर्थात ३१.६ करोड कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ । यो आईपीओमा पोलिसीहोल्डरहरुलाई कुल निष्कासनको १० प्रतिशत आरक्षण छुट्याइएको छ । 

 


Share this with your friends: