कम्बोडियाको बीमा बजार झण्डै १० प्रतिशतले वृद्धि

2022-03-08
कम्बोडियाको बीमा बजार झण्डै  १० प्रतिशतले वृद्धि

काठमाण्डौ । सन् २०२१ मा कम्बोडियाको बीमा उद्योगको बीमाशुल्क आर्जन ९.५ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रका बाबजुत कम्बोडियाका बीमकहरुले सन् २०२१ मा २९३.४ मिलियन अमेरिकी डलर कुल बीमाशुल्क आर्जन गरेको त्यहाँको नियामक‘ इन्स्योेरेन्स रेगुलेटर अफ कम्बोडिया(आईआरसी)ले जनाएको हो। 

बीमाशुल्क आर्जनमा सन् २०२१ मा भएको वृद्धि सन् २०२० को ७.३ प्रतिशत वृद्धिदर भन्दा धेरै हो।

रिपोर्टका अनुसार सन् २०२१ मा कम्बोडियाका निर्जीवन बीमकहरु कुल १२३ मिलियन डलरबराबरको बीमाशुल्क आर्जन गरेका छन्। यो रकम सन् २०२० को तुलनामा ७.४ प्रतिशतले बढी हो। त्यस्तै जीवन बीमकहरुले १७०.४ मिलियन डलरबराबरको बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। 

यस्तै इन्स्योरेन्स रेगुलेटर अफ कम्बोडियाका डाइरेक्टर जनरल बोउ चानफिरोले देशको कुल ग्राहस्थ उत्पादनमा बीमा उद्योगको योगदान १.१ प्रतिशत रहेको बताएका छन्। 

आइआरसीका अनुसार सन् २०२१ मा कम्बोडियाको बीमा प्रवेशदर १.१ प्रतिशत रहेको छ। जुन सन् २०२० को १.०४ प्रतिशतभन्दा अलि बढी हो। यसैगरी बीमा घनत्व  १६.३० डलरबाट बढेर १७.५० डलर पुगेको  जनाइएको छ।  

 


Share this with your friends: