अष्ट्रेलिया: बाढीले पुर्याएको क्षतिपूर्तिका लागि ६६३.६ मिलियन डलर दाबी माग

2022-03-10
अष्ट्रेलिया: बाढीले पुर्याएको क्षतिपूर्तिका लागि ६६३.६ मिलियन डलर दाबी माग

काठमाण्डौ । बाढीपहिरोले पुर्याएको क्षतिपूर्तिका लागि अष्ट्रेलियाका सम्पत्ति तथा अटो बीमकहरुमा ६० हजार १६३ दाबी परेको छ। बिगतका घटनाहरुलाई मूल्यांकन गर्दै इन्स्योरेन्स काउन्सील अफ अष्ट्रेलियाले दक्षिणपूर्वी क्विइन्सल्याण्ड र न्यू साउथ वेल्समा हालै आएको भीषण बाढीले पुर्याएको क्षतिपूर्तीका लागि ६० हजार १६२ बीमितबाट ६६३.६ मिलियन डलरबराबरको दाबी पर्न सक्ने अनुमान गरेको छ। 

इन्स्योरेन्स काउन्सील अफ अष्ट्रेलिया(आईसीइ)का अनुसार दाबीको संख्या अझै वृद्धि हुन सक्छ। बाढीका कारण मृत्यु भएका १४ वटा दाबी परेको आईसीएले जनाएको छ। 

कुल दाबीमध्ये ७७ प्रतिशत क्विइन्सल्याण्ड र बाँकी २३ प्रतिशत न्यू साउथ वेल्सबाट परेको जनाइएको छ। अहिले चलिरहेको गर्मीयानको आँधी र कोरोना महामारीका कारण श्रम शक्ति,निर्माण सामाग्री तथा भवनहरुको मूल्यमा परेको प्रभाव स्वरुप अष्ट्रेलियाका बीमकहरुले उच्च दाबी सामना गरिरहनु परेका बेला बाढी सम्बन्धी दाबीको थप चापको सामना गुर्नपरेको छ। 

 


Share this with your friends: