रुस–युक्रेन युद्धले साइबरसम्बन्धी दाबी वृद्धि हुने

2022-03-11
रुस–युक्रेन युद्धले साइबरसम्बन्धी दाबी वृद्धि हुने

काठमाण्डौ । रुस–युक्रेन युद्धको परिणामस्वरुप युरोप तथा उत्तर अमेरिकामा साइबर सम्बन्धी दाबीको संख्या वृद्धि हुने भएको छ। डीबीआरएस मर्निङस्टारका अनुसार बढ्दो साइबर हमला र कडा आर्थिक प्रतिबन्धका कारण युरोप तथा उत्तर अमेरिकाका बीमकहरुले बढ्दो साइबर दाबीको सामना गर्नुपर्नेछ। 

डीबीआरएसले लेखेको छ,‘यद्यपी युद्धका कार्यहरु(घोषित हो वा होइन)सामान्यतया साइबर बीमा पोलिसीहरुबाट बहिष्कृत गरिएको छ। साइबर हमलाका घटनाहरु पहिल्याउन कठिन हुने भएपनि वर्तमान द्धन्द्धले युरोप र अमेरिकामा साइबर सम्बन्धी बीमा तथा पुनर्बीमा दाबीहरुलाई सम्भावित रुपमा बढाउन सक्छ। अहिलेको सन्दर्भमा साइबर सम्बन्धी दाबीहरु अस्विकार गर्नका लागि बीमा तथा पुनर्बीमा कम्पनीहरुले सरकारद्वारा प्रायोजित आक्रमण तथा सरकारका लागि काम गर्ने समूहबाट गरिएका साइबर आक्रमणहरुले पुर्याएको क्षतिपूर्तीका लागि दाबी गरिएको हैन भन्ने उचित कारण देखाउनुपर्नेछ।’

पोलिसीहोल्डरहरु दाबीका लागि अदालत धाउने भएकाले यसले बीमा उद्योगको कानुनी खर्च बढाृउने रिपोर्टमा उल्लेख गरिएको छ। 
नोटपेट्या साइबर हमलाको दाबी सम्बन्धी मुद्धामा यसअघि सन् २०१७ मा अमेरिकाको न्यू जर्सीको उच्च अदालतले १.४ बिलियन डलर घाटा व्यहोरेको मर्क एण्ड को.इक्न नामक औषधि निर्माता कम्पनीको पक्षमा फैसला गरेको थियो। मर्कको नीतिमा युद्धलाई समावेश नगरेको आधारमा त्यतिबेला बीमा दाबीलाई अस्वीकार गरिएको थियो। यद्यपी न्यू जर्सी उच्च अदालयतले युद्ध बहिष्कार भन्ने शब्द परम्परागत युद्धमा लागू गर्न व्याख्या गर्न सकिने भन्दै यो मामिलामा लागू नहुने निर्णय गरेको थियो। 

नोटपेट्या आक्रमणमा अस्वीकार गरिएका दाबीहरु संदिग्ध रुसी साइबर आक्रमणका लागि कभर गरिएका वा युद्ध बहिष्करण खण्डमा आधारित छन् वा छैनन् भन्ने मुद्धा अहिले पनि अदालतमा विचाराधिन रहेका छन्। 

 


Share this with your friends: