रुस–युक्रेन युद्धका कारण मेट लाइफ सबैभन्दा धेरै प्रभावित हुने

2022-04-10
रुस–युक्रेन युद्धका कारण मेट लाइफ सबैभन्दा धेरै प्रभावित हुने

काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण अमेरिकी बीमा कम्पनी मेट लाइफ सबैभन्दा धेरै प्रभावित हुने देखिएको छ। अन्तराष्ट्रिय बीमा विज्ञहरुका अनुसार रुस–युक्रेन युद्धको पूर्ण प्रभाव देखिन अझै केहि समय लाग्न सक्छ र यी देशमा सबैभन्दा धेरै एक्सपोजर भएका देशहरु सबैभन्दा धेरै प्रभावित हुने जनाइएको छ। 

ग्लोबल डेटा कम्पनी एलओबी ब्रेकडाउन्सको आँकडाअनुसार युक्रेनको जीवन बीमा बजारमा मेटलाइफको हिस्सा ३१ प्रतिशत रहेको छ। रुस वा युक्रेनको बीमा बजारमा सक्रिय रहेका अन्य पश्चिमी बीमकहरुको बजार हिस्सा मेट लाइफको भन्दा धेरै नै सानो रहेको छ। जसका कारण मेट लाइफ अहिलेको संकटमा सबैभन्दा कमजोर बीमकका रुपमा उभिएको छ। 

पश्चिमा बीमकहरु सम्झौता तोड्दै रुसबाट बाहिरिरहेको अवस्थामा युक्रेनबाट बाहिरिलाई भने कुनै नैतिक कारण छैन। त्यसैले बीमा पोलिसीहरु मान्य रहनुपर्छ। परिणाम स्वरुप मेट लाइफले निकट भविष्यमा उल्लेख्य रुपमा दाबीहरुको सामना गर्नुपर्ने हुनसक्ने सम्भावना रहेको जनाइएको छ। यद्यपी युद्धका कार्यहरुका लागि बहिष्करणको मापन हेर्न भने बाँकी नै रहेको छ। 

मेट लाइफले सन् २०२० मा युक्रेनको बीमा बजारबाट ४२.२ बिलियन डलर बीमाशुल्क आर्जन गरेको थियो।   

 


Share this with your friends: