प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2022-04-24
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आज वैशाख ११ गते सम्पन्न भएको छ। 

पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सभाबाट ७% बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८५ नगद लाभांश सर्वसम्मतिबाट पारित भएको छ। 

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ चुक्तापूँजीबाट बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ पुग्नेछ। 


Share this with your friends: