अपि पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-02-14
अपि पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । 

नेप्सेमा आज कम्पनीको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६ / ७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

 


Share this with your friends: