अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-08-17
अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजी रु.२७५.८९ करोडको १ बराबर ०.३९३६ का दरले हुने रु.१०८.६ करोड बराबरको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिनेछ । हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 


Share this with your friends: