अपि पावर कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-09-03
अपि पावर कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १०.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५२९ रुपैयाँ कायम थियो । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आयोजना हुन गईरहेको कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित  गरी वितरण गरिनेछ । 


Share this with your friends: