अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

2021-07-05
अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ । 

उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो । 

कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत असार ९ गतेदेखि १६गतेसम्म लिलामीमा राखेको थियो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.५० सेयर(१ः०.५०) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 


Share this with your friends: