आइएमई जनरल इन्स्योरेन्सको १० लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

2021-07-29
आइएमई जनरल इन्स्योरेन्सको १० लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १० लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो। 

परिणतपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ। 


Share this with your friends: