आइएमई लाइफद्वारा रु. २५ लाख घातक रोग बीमांक रकम भुक्तानी

2021-08-12
आइएमई लाइफद्वारा रु. २५ लाख घातक रोग बीमांक रकम भुक्तानी

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बीमांक रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. ३ हेटौँडा शाखा कार्यालयले २५ लाख घातक रोग बीमांक रकम भुक्तानी गरेको हो । 

वि.सं. २०७६ माघ २९ गते आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी बीमांक रकम २५ लाखबराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो। बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो। कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरुविरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ।

कम्पनीले दाबी भुक्तानी प्रक्रिया सहज बनाई छिटो तथा प्रभावकारी ढंगबाट  दाबी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिए। उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमाबापतको लाभ समयमा उपलब्ध हुने, आर्थिकस्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिए। 

निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो।


Share this with your friends: