आइएमई जनरलको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

2022-02-09
आइएमई जनरलको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने भोलि(माघ २७ गते)अन्तिम दिन रहेको छ । 
कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । 

कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । 

कम्पनीले बोनससेयर वितरणपशचात कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। 


Share this with your friends: