आइएमई जनरलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-04-15
आइएमई जनरलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११७५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२५७ रुपैयाँ कायम थियो। 

कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस कम्पीको आगामी वैशाख १२ गते आयेजना हुने कम्पनीको २३ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: