आईपीओ जारी मुख्य अजेन्डासहित ज्योति लाइफले डाक्यो वार्षिक साधारण सभा

2020-10-19
आईपीओ जारी मुख्य अजेन्डासहित ज्योति लाइफले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। आईपीओ जारी मुख्य अजेन्डासहित कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 
कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। 

सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमाजिम संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यी दुवै प्रस्तावमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्त्यिारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यसका साथै आर्थिक वर्ष २०७५र७६ का वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु समेत छलफल गरी पारित गर्नेछ। 


Share this with your friends: