आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न मकर जितुमाया सुरि हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

2021-07-25
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न मकर जितुमाया सुरि हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी साउन २४ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको मुख्य कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा बिहान ११ बजे आयोजना हुने कम्पनीले जनाएको छ । 

उक्त विशेष सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: