आईपीओ निष्कासन गर्दै ज्योति लाइफ, अनुमतिका लागि बोर्ड समक्ष आवेदन

2020-12-08
आईपीओ निष्कासन गर्दै ज्योति लाइफ, अनुमतिका लागि बोर्ड समक्ष आवेदन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। 

कम्पनीले बार्ड समक्ष ६६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। कम्पनीले जारी गर्ने आईपीओको कुल निष्कासन मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ९० प्रतिशत कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।   

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ। 

कम्पनीको यसअघि कात्तिक २६ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.७९ प्रतिशतले बढी हो।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ७ करोड २२ लाख २२ हजार १३३ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ९१.८६ प्रतिशतले बढी हो। 

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ७ करोड २२ लाख २२ हजार १३३ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ९१.८६ प्रतिशतले बढी हो। 

कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको हो। 

 


Share this with your friends: