आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

2022-02-18
आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज(फागुन ६ गते)देखि लिलामीमा राखिएको हो । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाले बोलपत्र आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम ३० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । तर अधिकतममा भने सेयर संख्याका लागि कुनै पनि हद तोकिएको छैन  । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा आईपुग्ने गरी फागुन १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 


Share this with your friends: