आरबीबी म्युचुअल फन्ड १ लाई बोर्डबाट निष्कासनको अनुमति

2021-06-25
आरबीबी म्युचुअल फन्ड १ लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७ वर्षे अवधिको आरबीबी म्युचुअल फन्ड १ ले नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) निष्कासन अनुमति पाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

बोर्डबाट अनुमति पाएुसँगै अब बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। 


Share this with your friends: