एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

2021-05-14
एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । 

आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् । 

मानुुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गरेको छ । यस्तै दोर्दी खोलाले २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २९ लाख ५१ हजार ९२९ कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।  

मानुुषी लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ भने दोर्दी खोलाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: