एक महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १० अर्ब बढी,कसको कति ?

2022-02-27
एक महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १० अर्ब बढी,कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामात्रै १० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै १० अर्ब ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

माघ महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको माघ महिनामा मात्रै २ अर्ब ६९ करोड ४५ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले १ अर्ब ३६ करोड १९ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले १ अर्ब ९ करोड ४४ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ६९ करोड ८१ लाख २९ हजार रुपैयाँसहित युनियन लाइफ चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको सूचीमा एशियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले माघ महिनामा ५७ करोड १० लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै राष्ट्रिय बीमा संस्थानले माघ महिनामा ३२ करोड ८८ लाख २७ लाख,मेट लाइफ ४२ करोड १८ लाख ३ हजार,गुराँस लाइफ २४ करोड ३४ लाख ६५ हजार,सूर्या लाइफ ३६ करोड १२ लाख ४० हजार,प्राइम लाइफ ४८ करोड ७६ लाख ४६ हजार,आइएमई लाइफ २६ करोड ४६ लाख ६ हजार,ज्याति लाइफ २६ करोड ५८ लाख ६६ हजार,सन नेपाल लाइफ ३४ करोड १६ लाख ५९ हजार, रिलायन्स लाइफ २० करोड ९८ लाख २१ हजार,रिलायबल नेपाल लाइफ २५ करोड ५७ लाख ४७ हजार,सिटिजन लाइफ ३७ करोड ८१ लाख ८४ हजार,सानिमा लाइफ १५ करोड ७० लाख ५१ हजार,प्रभु लाइफ १२ करोड ८६ लाख २२ हजार र महालक्ष्मी लाइफले १२ करोड ३९ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।    


Share this with your friends: